प्रदेश अधिवेशनका लागि एमाले शिवराजद्धारा मतादाता नामावली सार्वजनिक


भदौ १६ देखि १८ गते सम्म, बुटवलमा हुने नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशनका लागि नगर कमिटी उपाध्यक्ष महादेव पोख्रेलको संयोजकत्वमा
शिवराज नगरपालिका बाट प्रतिनिधि छनोट सम्बन्धि तालिका सार्वजनिक गरेको छ ।

नेकपा एमाले शिवराजले प्रतिनिधि छनोट निर्वाचन कार्यक्रमका लागि संयोजकमा नगर कमिटी उपाध्यक्ष महादेव पोखरेल, त्यस्तै सदस्यमा नगर सचिब शरद अधिकारी र सदस्य शम्भु सेन रहेको प्रतिनिधि छनोट निर्वाचन कार्यक्रम सार्वजनिक गरोएको हो ।

प्रतिनिधि छनोटका लागि आज  लगभक ७ सय मतादाता नामावली सार्वजनिक गरीएको छ, त्यस्तै प्रतिनिधिको लागि मनोनयन दर्ता भदौ ८ गते बिहान ८ बजे देखि १ बजे सम्म, दाबी बिरोध भदौ ८ गते २ बजे सम्म, उम्मेदवारी फिर्ता भदौ ८ गते ५ बजे सम्म, अन्तिम नामावली सार्वजनिक भदौ ८ गते ७ बजे सम्म , मतदान कार्यक्रम २०८० भदौ ९ गते बिहान ८ बजे देखि २ बजे सम्म र उमेदवारले उम्मेदवारी शुल्क रु।३०० तोकिएको संयोजक महादेव पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिनिधि छनोटका कार्यक्रमहरू व्यापार संघ कपिलवस्तुको सभाहलमा हुने नेकपा एमाले शिवराज नगर कमिटीले जनाएको छ ।

 

धेरै पढिएको

ताजा समाचार