अनेम संघ शिवराज ४ मा अर्यालको अध्यक्षतामा वडा कमिटि गठन


कपिलवस्तु  – नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल महिला संघ शिवराज नगर कमिटिले वडा नं. ४ को वडा कमिटि गठन भएको छ । बिहिवार भएको भेलाले कमला अर्यालको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा मनु सारु मगर , सचिवमा कमला ओझा जि सि ,सहसचिव शावित्रा पौडेल र कोषाध्यक्षमा ईन्दिरा देवि घिमिरे रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा पुस्पा विश्वकर्मा , विमला जि सि ,मिना थकाली ,नानू सुनार , अक्तारी बेगम ,लक्ष्मी बोहरा ,तराबुन निशा कृषणा कुमारी गाहा दुर्गा देवि सुनार ,सीता सुनार,सावित्री देवि शर्मा ,कमला कुमाल लगाएत छन् । नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना दिदै अनेम संघ केन्द्रिय सदस्य एवम कार्यक्रमकि प्रमुख अतिथी लक्ष्मी हमालले अनेमा संघ महिलाको हक र अधिकारलाई सदैव अग्रस्थानमा राखेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

भेलालाई सम्बोधन गर्दै अनेमा संघ सदैव महिलाको पक्षमा आवाज बुलन्द गर्ने संगठन भएको आम महिलाको ब्यक्तित्व, क्षमता र आर्थिक जिवनमा परिवर्तन आउने गरी काम गर्न जरुरी रहेको कार्यक्रममा विशिस्ट अतिथी एवम एमाले शिवराजका उपाध्यक्ष महादेव पोखरेलले बताउनु भएको थियो ।

अनेम संघ केन्द्रिय सदस्य लक्ष्मी हमालको प्रमुख अतिथ्यता एमाले शिवराजका उपाध्यक्ष महादेव पोखरेलको विशिस्ट आतिथ्यता रहेको कार्यक्रम अनेम संघ शिवराज नगर कमिटी अध्यक्ष बिष्णु पोख्ररेलको अध्यक्षतामा सप्पन्न कार्यक्रमको संचालन अनेम संघ शिवराज सचीव कमला डुम्रेले गर्नु भएको थियो ।

धेरै पढिएको

ताजा समाचार