उप प्रमुख थारुकै छोरी निजि विद्यालयमा, विवरणमा नामै छैन


कपिलवस्तु –  कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिकाको पहिलो बैठकले माध्यमिक तह सम्मको शिक्षा निःशुल्क र नगरका जनप्रतिनिधी र कर्मचारीका बालबालिकालाइ अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपनि पुण रुपमा कार्यनयनमा आउन सकेको छैन । जनप्रतिनिधीको एक बर्ष कार्यकाल सकिएर अगाडि बढिसक्दा समेत पहिलो निर्णय नै पुण कार्यनयन हुन सकेको छेन ।

शिवराज नगर पालिका उप प्रमुख तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्यदलका सदस्य शिवकुमारी थारुको आफ्नै छोरी नै निजि विद्यालयमा पढाएको पाइएको छ । उप प्रमुख थारुको छोरी शिवराज १ शिवपुरमा रहेको शिवगढि इंलिस बोडिगंमा अध्ययन गर्छिन । तर उप प्रमुख थारुले नगरमा विरण पेश नगरेको भन्दै नगरले उपलब्ध गराएको विरणमा उप प्रमुखको नाम नै छैन । यस विषयमा उप प्रमुखसगं बुझ्नका लागि पटक पटक सम्पर्क गर्दा समेत फोन उठेन ।

यस्तै शिवराज नगरपालिका वडा नं ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीको बच्चा पनि सनराइज इगंलिस बोर्डिगं स्कुलमा नर्सरी कलासमा अध्ययन गर्छन ।
कार्यपालिका सदस्य प्रेम सुनारले समेत एउटा छोरालाइ सामुदायिक विद्यालयमा र अर्को छोरालाई निजि विद्यालयमा पढाउँछन । कार्यपालिका सदस्य सुनारको २ जना बच्चाले शिवराज १ शिवपुरमा रहेको शिवगढि इंलिस बोडिगंमा कक्षा ७ र ९ मा अध्ययन गर्छन भने कान्छो छोराले नेपाल आर्दश माविमा अध्ययन गर्छन ।

यस्तै जनप्रतिनिधि सरीता वि.क को छोरी रोशनी सुनारले पनि शिवगढी बोडिगं स्कुलमा अध्ययन गर्ने गरेको शिवराज नगरपालिका जनप्रतिनिधीहरुको सन्तानले अध्ययन गर्ने शैक्षिक सस्था सम्बन्धि विवरणमा देखिएको छ । उक्त विवरणमा ५७ जान निर्वाचित जनप्रतिनिधी र कार्यपालिका सदस्य मध्ये नगरमा दर्ता भएको ३८ जनाको मात्र नगरपालिकाले विवरण उपलब्ध गराएको छ । आफै बनाएको नियमको शिवराजका जनप्रतिनिधीले धज्जी उडाएका छन ।

यसरी
नगर प्रमुख अजय थापाले कार्यभार ग्रहण गर्दै नगरमा माध्यमिक तह सम्मको निशुल्क शिक्षा लागु गर्ने घोषणा गरेका हुन् । नगर प्रमुख थापाले गरेको घोषणालाई कार्यपालिकाले निर्णय गर्दै कार्यान्वयन गर्न नगर प्रमुख थापाको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको थियो ।
कार्यदलमा उपप्रमुख शिवकुमारी चौधरी, वडा अध्यक्षहरु रिजवान अहमद, रामगोपाल चौधरी, मन्जु मिश्र, माहेताब आलम खा, सामाजिक विकास समिति संयोजक, आर्थिक प्रशासन शाखा प्रमुख सदस्यहरु रहेका छन् भने शिक्षा युवा तथा खेलकुद शाखा सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको थियो ।

नगरपालिकाले २०८० बैशाख ३ गते सुचना जारी गर्दै नगरका जनप्रतिनिधी र कर्मचारीलाइ आफ्ना सन्तानहरु अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्न भन्दै सुचना जारी गरेको थियो । यसैगरी २०८० असार २६ गते अर्को सुचना जारी गर्दै ३ दिन भित्र आफ्ना सन्तान कुन विद्यालयमा भर्ना गरीएको हो सो कोे विवरण नगरमा पेश गर्न सुचना जारी गरे पनि उप प्रमुख थारु सहितका जनप्रतिनिधीले हासम्म विवरण पेश गरेका छैनन । यस विषयमा नगर प्रमुख थापासंग बुझ्दा नियम सबैलाइ समान हुने बताउदै पुन सुचना जारी गरेर विवरण पेश गर्न लगाउने बताए ।

नगरपालिकाले उपलब्ध गराएको शिवराजका जनप्रतिनिधीहरुका सन्तानले अध्ययन गर्ने शैक्षिक संस्था सम्बन्धि विवरण:

धेरै पढिएको

ताजा समाचार