कपिलवस्तु -नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि शिवराज नगरपालिकावाट आवश्यक भन्दा दोब्बर संख्यामा मनोनय दर्ता भएको छ । भदौ १६ र १७ गते बुटवलमा हुन लागेको प्रदेश अधिवेशनका शिवराज नगरपालिकाबाट ८ जना प्रतिनिधि जानुपर्नेमा १७ जनाको मनोनयन पत्र दर्ता भएको छ ।
अधिवेशनमा सहभागी हुन आज चन्द्रौटामा भएको मनोनय दर्तामा खुल्ला तर्फ जगत पौडेल, अर्जुन कुमार के सी , नेत्र राज अधिकारी , नारायण आचार्य , शिवराज सुवेदी , राविलास यादव , राम प्रसाद पौडेल , ढुंडिराज पन्थी , इश्वरी पोडेल त्यस्तै दलित तर्फको पुरुस प्रतिनिधिमा चन्द्र बहादुर गहतराज र मणिराम सुनार त्यस्तै दलित तर्फका महिला प्रतिनिधिमा टिका वि क , खगी सुनार त्यस्तै खुल्ला महिला तर्फ सिता रेग्मी ,शिवकुमारी चौधरी ,शुशिला खनाल र विष्णु सोतिले मनोनयन दर्ता गराएका छन ।
आवश्यक भन्दा बढीको मनोनयन पत्र दर्ता भएपछि नेताहरु समझदारी जुटाएर प्रतिनिधि छनोट गर्ने कार्यमा लागेका छन । प्रतिनिधि चयनको लागि छलफल भइरहेको प्रतिनिधि छनोट समितिका संयोजकह महादेव पोखरेलले बताउनु भयो ।साथै आज साझ ५ बजे सम्म उम्मेदवारी फिर्ता दिने समय रहेकाले फिर्ता हुन सक्ने बताउनु भयो ।