कपिलवस्तु
नेकपा माओवादी केन्द्रको शिवराज नगर समितिको विस्तारित वैठक सम्पन्न भएको छ । वैठकले विभिन्न निर्णय समेत गरेको छ । केन्द्रिय सर्कुलर बमोजिम पाटीले संचालन गरेको तीन महिने जनता सँग माओवादी अभियानलाई प्रभावकारी बनाउन केन्द्रिय सदस्य देखि नगर सदस्य सम्मलाई जिम्मेवारी दिइएको छ ।
कार्यवाहक अध्यक्ष चिन्ता परियारको अध्यक्षतामा बसेको वैठकमा पार्टीका केन्द्रिय सदस्य भिम कुमारी बुढा मगरले पार्टीलाई मजबुत बनाउन गाउँ गाउँ माओवादी आएको बताउनुभयो । सबै तहका नेताहरु अहिले पार्टी बलियो बनाउन लागि परेको बताउँदै शिवराजमा अबको तीन महिना सबै घरघरमा पुग्ने लक्ष्य राखेको बताउनुभयो ।
बुढाले देश समृद्धी र शुसासनको लागि माओवादीको विकल्प नभएको भन्दै कतिपयले गलत प्रचार गरिरहेको बताउनुभयो ।भष्ट्रहरुलाई प्रधानमन्त्री गृहमन्त्रीले ठेगान लगाउन थालेपछि आत्तिएको जिकिर गर्नुभयो । जनता सँग माओवादी नपुग्दा संगठन कमजोर भएजस्तो देखिएको भएपनि वास्तविकता त्यस्तै नभएको जिकिर गर्नुभयो । प्रदेशको तर्फ बाट अभियानको नगर इन्चार्ज हजरत अलिले माओवादी पार्टी देशकै शक्तिसाली पार्टी बन्ने बताउनुभयो । उहाँले सबै वडाहरुमा अभियान संचालन हुने बताउनुभयो । आज बसेको वैठकले सबै वडामा जिम्मेवारी वाडफाड समेत गरेको छ । वैठकमापार्टीका प्रदेश सदस्य जिल्ला सदस्य लगायतका नेताहरुको अभियानलाई पूर्ण रुपमा सफल बनाउने प्रतिवद्धता जनाएका थिए ।