निशुल्क दन्त शिविर : एक सय ५० ले लिए सेवा


शिवराज नगरपालिका वडा नं ५ चन्द्रौटा दुर्गा मन्दिरमा भएको एक दिने निशुल्क दन्त शिविरमा एक सय ५० जनाले सेवा लिएका छन । रोट्रयाक्ट कल्ब अफ कपिलवस्तुको आयोजना, रोटरी क्लव अफ कपिलवस्तुको सह आयेजनामा निशुल्क दन्त शिविर भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश शभा सदस्य अर्जुन कुमार केसिले दाँत भनेको संवेदनशिल अंग भएको हुदा समय समयमा चेक जाँच गर्न आग्रह गर्नुभयो । दाँत जस्तो महङ्गो उपचार गर्न विभिन्न ठूला शहरहरुमा धेरै पैसाको जोहो गरी जानु पर्ने समस्याको लागि शिविरले सर्वसाधारणका लागि सहज बनाएको बताउनुभयो ।

निदान डेन्टल क्लिनिक शिवराज ५ चन्द्रौटाको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा दात सम्बन्धि बिरामिलाइ सहज भएको, शिविरमा आएकामध्ये धेरैजसोको दाँतमा किरा लाग्ने समस्या देखिएको रोट्रयाक्ट कल्ब अफ कपिलवस्तुका अध्यक्ष माया बस्नेतले बताउनु भयो ।

शिविरमा निशुल्क ओ.पि.डि सेवा, निशुल्क दन्त परीक्षण तथा परामर्श, सामान्य दांत निकाल्ने सेवा, अस्थाई सीमेन्ट भर्ने, निशुल्क औषधि वितरण सेवा तथा शिबिरमा आएका बिरामीलाई दात सम्बशन्धि जुनसुकै उपचार गर्नु परेमा २० प्रतिशत छुट हुने निदान डेन्टल क्लिनिकका संचालक धुब्र मिश्रले जानकारी दिए ।

धेरै पढिएको

ताजा समाचार