राईडरहरूका लागि अभिमुखिकरण कार्यक्रम


१७ गते / बुटवल -बुटवलमा आज एक कार्यक्रमका विच राईडरहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएकाे छ । नेपाल सेफ राईडर प्रा.लि बुट्वलद्धारा आयाेजित अभिमुखिकरण कार्यक्रममा रूपन्देही जिल्लालाई सेवा क्षेत्र बनाई यात्रुहरूका लागि यातयात सेवा संचालनमा ल्याउन लागिएकाे कम्पनिका संचालक सन्ताेष पुरीले बताउनु भयाे ।

काठमाण्डाै , पाेखरा र बुट्वलमा माेटर साईकल, कार र अटाेबाट सेवा संचालन गर्न लागेकाे बजार प्रमुख दिपेन्द्र अधिकारीले बताउनुभयाे । यात्रुहरूले माेवाईलकाे पेले स्टाेरगई सेफ राईड सफ्ट्वयेर डाउनलाेड गरि सुरक्षित सेवा लिन सकिने कम्पनिले दावा गरेकाे छ ।

बढ्दाे बेराेजगारलाई कम गर्नका लागि फुलटाईम र पार्टटाईमकाे रूपमा पनि राईडरहरूले काम गर्न सक्ने कम्पनिले बताएकाे छ । रूपन्देही जिल्लामा ४०० जना भन्दा बढी राईडरहरू र १८०० भन्दा बढी यात्रुहरू जाेडिएकाे कम्पनिले बताएकाे छ । कम्पनिले ३ महिना भरी राईडरहरू र यात्रुहरूका लागि अभिमुखिकरण संचालन गर्ने याेजना रहेकाे बताईएकाे छ ।

धेरै पढिएको

ताजा समाचार