कपिलवस्तुका ५ वटा पालिकाले आइतबार स्थानीय विदा दिएका छन । थारु समुदायको बड्का अटवारी पर्वको अवसरमा जिल्लाका ५ पालिका,कपिलवस्तु नगरपालिका शिवराज नगरपालिका , वाणगंगा नगरपालिका , विजयनगर गाउँपालिका र शुद्धोधन गाउँपालिकाले सूचना जारी गर्दै विदा भएको जनाएका छन ।
यो पर्व थारु जातीको बाहुल्यता रहेका तराईका जिल्लाहरुमा हर्षेल्लासका साथ मनाइन्छ ।थारु समुदायको लोकप्रिय चाड माघि पछि बड्की अट्वारीलाई लिने गरिन्छ । कपिलवस्तुमा पनि थारु समुदायमा यसको विशेष रौनक छ ।
थारु समुदायले आइतबार मनाउने बड्की ‘अटवारी’ पर्वमा कपिलवस्तुका पाँच पालिका मातहातका कार्यलयहरु आइतबार बन्द हुने भएका छन् । आइतबार थारु समुदायको महत्वपूर्ण चाड बड्की ‘अटवारी’का दिन नगरमा स्थानिय विदा दिएका हुन ।