शिवराज नगरपालिकाको कार्यालय एक महिना देखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ । नगरपालिकामा शिक्षा साखा प्रमुख नभएको पनि तीन महिना पुगेको छ ।
प्रमुख प्रसासकीय अधिकृत राकेश पाण्डे सरुवा भएर गएपछि नगरमा अहिले सम्म प्रमुख प्रशासकीय अधिकृत आएका छैन । प्रमुख प्रशासकीय अधिकृत नभएपछि कार्यालयमा आउने सेवाग्राहीलाई समस्या भएको छ ।
शिवराजमा शिक्षा शाखा प्रमुख पुर्ण विश्वकर्मा सरुवा भएपछि तीन महिना वितिसक्दा पनि शिक्षा साखा प्रमुख आएका छैन । शिक्षा शाखा अहिले दुईजना कर्मचारीको भरमा चलेको छ । प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुख विहिन भएको नगरमा प्रमुखहरु तत्काल आउने कुनै छाटकाट छैन ।
प्रशासकिय अधिकृतका नहुँदा भुक्तानी लगायतका काममा समस्या भएको छ । नगरप्रमुख अजय थापाले मन्त्रालय सँग कुराकानी भइरहेकोले एक हप्ता भित्र आउने बताउनुभयो ।