
कपिलवस्तुको शिवराज नगरपालिकाका सिनियर कराते खेलाडीहरुले भक्तजनहरुलाइ खाना खुवाएका छ्न।बुद्ध शक्ति कराते डोजोको आयोजनामा जिल्लाको एतिहासिक पर्यटकिए स्थान शिवराज नगरपालिका वडा नम्बर ९ शिवगढि मन्दिर गइ पुजा गरेर फर्केका करिब ३०० जना भक्तजनहरुलाइ फलफूल र खाना खुवाइएको बुद्धशक्ति कराते डोजोका मुख्य प्रशिक्षक एवं नेपाल कराते महासघ लुम्बिनी प्रदेश सचीव रामु सुनारले जानकारी दिनुभयो । शिवगढीमा आइतबार साझ दर्शन गर्न गएका भक्तजनलाइ शिवगढिको प्रवेशद्वार रमुवादहमा खाना खुवाइएको हो। दर्शनका लागि भारतको मजगाउ र अन्यन्त्र बाट गरि सो संख्याम आएका भक्तजनहरु खुशी भएका थिए । खेलाडीहरु नवराज पौडेल, यज्ञराज थारु, खुम बहादुर खाम्चा, समाजसेवी युवा राहुल खड्का सुवास परियार र कराते खेलाडी एब प्रशिक्षक केशब थापा र एलिसा बिस्ट लगाएतको सहभागीता रहेको थियो । भक्तजनलाई खानाको लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी हरु पर्ती प्रशिक्षक रामु सुनारले हार्दिक आभार प्रकट गर्नुभयो