कपिलवस्तु-नेपाल उत्पिडित जातीय मुक्ति समाजको शिवराज नगरपालिका वडा नम्बर ४ बनकट्टिमा वडा भेला सम्पन्न भएको छ । दलित समुदायको एकताको लागि भेलाले रमेश सिहं खातिको अध्यक्षतामा ११ सदस्यीय वडा स्तरीय मुक्ति समाज गठन गरेको छ । जसको उपाध्यक्षमा श्रृष्टी सुनार , सचिवमा लिला वि क सहित ११ सदस्यिय मुक्ति समाज गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश सदस्य नेत्रराज अधिकारीले सामाजिक परिवर्तनका लागि दलित समुदायले राज्यका हरेक तहमा प्रतिनिधित्व गर्नुपर्ने बताउनु भएको छ । उहाँले समावेशी सहभागिताले मात्र परिवर्तन सम्भव रहेको दावि गर्दै दलित समुदायले राजनितीप्रतिको आकर्षण बढाउनुपर्नेमा जोड दिनु भयो ।
नेकपा एमालेको जन वर्गाीय संगठन समेत रहेको समाजमा दलित समुदायलाई गोलबद्ध गर्दै एमालेले मात्र दलित समुदायको पक्षमा न्याय गर्न सक्ने एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेलले बताउनु भयो ।
कार्यक्रममा एमाले शिवराज नगर कमिटी उपाध्यक्ष महादेव पोखरेलले दलित समुदाय माथि हुने गरेको विभेद विरुद्ध एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।भेलामा मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य बेयम विश्वकर्मा ,मुक्ति समाजका नेता खगि सुनार ,फर्स विश्वकर्मा ,प्रेम सुनार लदगायतको सहभागिता रहेको थियो ।कार्यक्रम इश्वरी खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।