दुध उत्पादक किसानलाई अनुदान दिन्छौँः अध्यक्ष थापा


 

कपिलवस्तु,  ।कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले दुध उत्पादन गर्ने किसानलाई अनुदान दिने बताएका छन् । उनले दुध उत्पादनको आधारमा पशु पालक किसानलाई अनुदान दिने बताए । गाउँपालिकाभित्रका उत्पादन गर्ने किसानलाई प्रति लिटरमा २/३ रुपियाँको दरले अनुदान दिने उनले बताए ।

ग्लोबल डेरी प्रालिले जिल्लाको विजयनगर गाउँपालिकामा आयोजना गरेको किसान भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले आगामी वर्षबाट गाउँपालिकाले किसानलाई अनुदान उपलब्ध गराउने योजना बनाएको बताए । आफ्नो बलबुतामा मात्र किसानले कृषि पेसामा निर्भर रहेको बताउँदै राज्यले प्रयाप्त रुपमा सम्बोधन गर्न नसकेको उनले बताए । अध्यक्ष थापाले भने “अब विजयनगरका दुध उत्पादक किसानलाई अनुदान दिन्छौँ । यसलाई व्यापक बनाउनुपर्छ”

गाउँपालिकाले आवश्यकता अनुसार पुरा गर्ने, रेखदेख र माग पुरा गर्दै जाने कुरामा अग्रसर रहेको उनले बताए । उनले किसानले उत्पादन गरेको मूल्य तोक्न नसकेकोले चारैतिरबाट चपेटामा परेको बताए । उनले दुध उत्पादन व्यापक बनाउनुपर्ने बताउँदै किसानलाई गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

ग्लोबल डेरीका प्रमुख तथा लुम्बिनी प्रदेश एशोेसेनका अध्यक्ष थनेश्वर न्यौपानेले किसानहरु दुधतिर आकर्षित भएको बताएका छन् । उनले आर्थिक मन्दीका कारण दुधलाई बजारीकरण गर्न समस्या भइरहेको बताउँदै दुधको समस्या समाधनका लागि पटक–पटक आन्दोलनमार्फत सरकारको ढोका ढक्ढकाउँदै आएको जिकिर गरे ।

घिउ स्टोकमा हुँदा केही समस्या सिर्जना भए पनि ग्लोबल दुध प्रालि किसानको साथमा रहेको उनले बताए । उनले ३० करोडको माल स्टक रहेकोले किसानलाई पनि केही समस्या हुँदै आएको बताए । न्यौपानेले किसानले उत्पादन गरेको दुधको गरिद गर्ने ग्यारेन्टी लिने बताए । उनले बढी दुध दिने उन्नत जातको गाई, भैँसी पालन गर्न समेत अनुरोध गरे । ग्लोबल डेरी प्रालिले पुर्व नवलपरासीदेखि पश्चिम कैलाली, कञ्चनपुरसम्म आफ्नो शाखा विस्तार गरेको उनले जनाए ।

कार्यक्रममा कृषक प्रेम प्रसाद भट्टराई, रामकरण यादवले किसानको समस्या र गाउँपालिकाबाट पाउनुपर्ने सेवा सुविधाको बारेमा मन्तव्य राखेको थिए । दुध संकलन प्रमुख पिन्टुराम चौधरी, विजयनगर इन्चार्ज राज कुमार यादव, ल्याब टेक्निसियन राजेन्द्र सिंह लोध लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

धेरै पढिएको

ताजा समाचार

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले हिजो (शुक्रबार) दुवै जिल्लाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए । रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको बताए । त्यस अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए । त्यसैगरी, जाजरकोट जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए । अर्थमन्त्रीले खनालले जिल्ला निर्वाचन कार्यालयको स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलसँग निर्वाचन तयारीको अवस्थाबारे छलफल गरेका थिए । दुवै जिल्लाको अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको, स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको र आम मतदाताले भयरहित रूपमा निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेको बताएका छन् ।