कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ का युवा ब्यवसायी तथा समाजसेवी महारत्न बिस्ट्ले आफ्नो जन्मदिन बाल गृहमा रहेका बालबालिका संग मनाउनु भएको छ ।
जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन त्याग्दै उहाँले आफ्नो ४७ औं जन्म दिन तौलिहवामा अवस्थित कपिलवस्तु बालगृहमा रहेका २९ जना बालबालिकासँग मनाउनु भएको छ ।
उहांले बालबालिकाको लागि जन्मदिनको अवसर पारेर १० हजार बराबरको खाद्यान्न फलफूल लगातका सामाग्री बालगृह लाई हस्तान्तरण गर्नु भएको छ । अभिभावक विहीन बालबालिकाहरूका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यल सहित लबालिकासंगै केक काटेर जन्मदिन मनाउन पाउँदा खुशीको अनुभुति भएको छ बताउनु भयो ।
कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोखरेल, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारलगायतले सामाजिक सेवामा समर्पित युवा विष्टलाई जन्मदिन दिनको शुभकामनासगैं वालगृहमा रहेका वालवालिकाहरुलाई उज्वल भविश्यको कामना समेत गर्नु भयो ।
बालगृह प्रमुख राम प्रसाद अर्यालले सामाजिक सेवाको भावनाबाट अभिप्रेरित भएर यसरी बालकहरुसंग जनम दिन मनाएकोमा धन्यबाद दिनु भएको थियो । उहाँले बालकहरुको हौसला बढाई बालगुहलाई समेत सहयोग गरेकोमा आभार समते ब्यक्त गरे ।