कपिलवस्तु-नयाँ विधिहरुसहित विधि अपनाए पठपाठनका गराउने उदेश्यले कपिलवस्तुको शिवराज नगरपालिका का आधारभुत तह (१- ५) का शिक्षकहरुलाई शिक्षण विधि सम्बिन्धि ५ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
शिवराज नगरपालिकाका तिन वडा वडा मा रहका विद्यालयका शिक्षकहरूलाई उक्त तालिम दिइएको छ । शिवराज नगरपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र एक्सन एडको सहकार्यमा शिवराज भित्रका विभिन्न वडाका कक्षा १ देखि ५ सम्मका शिक्षकहरूलाइ डिजिटल उपकरण प्रयोग , शिक्षण सिकाई विधि , पढाई, संख्यात्मक सीप र अतिरिक्त क्रियाकलाप बारे तालिम दिइएको हो ।
स्थानीय उपलब्ध स्रोत साधनबाट विद्यालयमा बालमैत्री वातावरण निर्माण गरी बालबालिकालाई कसरी पठनपाठन गराउने जस्ता कुराहरू तालिमबाट सिकेको तालिममा सहभागि शिक्षिका तुल्सा खनालले बताउनु भयो ।
तालिममा प्राप्त सीपको प्रयोग गरेर विद्यालयमा बालबालिका सुहाउँदो रमाउने खालको वातावरण निर्माण गरी प्रभावकारी तरिकाले गुणस्तररिय शिक्षा प्रदान गर्न सकिने तालिममा सहभागिले बताए ।
विद्यालयमा बालमैत्री वातावरण निर्माण गरी आधुनिक र वैज्ञानिक पद्वतिद्वारा बालबालबालिकाहरूलाई पठन–पाठन गराउने, विद्यार्थीहरूका लागि विद्यालयमा शान्त र मनोरम वातावरण निमार्ण गरी बालबालिकाको उत्साहपूर्ण उल्लेखनीय उपस्थिति गराई र विद्यालयसम्म ल्याउन लोभलाग्दो र बालमैत्री वातावरण गरी निमार्ण गरी पठन पाठन गराउन शिक्षकहरूलाई तालिम दिइएको सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका सह सचिव ध्रुब बृल्वासेले बताउनुभयो ।
बालकेन्द्रित पठनसीप विकास गर्ने, रमाइलो बालमैत्री विधिहरूको प्रयोग गरी रमाइलो वातावरणमा शिक्षण सिकाइ गर्ने उद्देश्यले शिक्षकहरूलाई तालिम प्रदान गरिएको प्रशिक्षक टिकाराम पौडेल र रीता बोहराले बताउनुभयो । कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका स्थानिय अधिकार कार्यक्रम संयोजक अजय चौधरी लगायतको उपस्थिती रहेको थियो ।