कपिलवस्तु चन्द्रौटामा रहेर लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको सहज नेपालको अध्यक्षमा कौशलराज न्यौपाने चयन हुनुभएको छ । सस्थाको २० औँ सााधारण सभा तथा ११ औँ अधिवेशनबाट न्यौपानेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गीता पौडेल, सचिवमा तापसकुमार मिश्र, कोषाध्यक्षमा रमा बेल्वासे, सदस्य टुक प्रसाद अर्याल, गंगा घर्तिमगर र पदेन सदस्य संजिव गहतराज रहेका छन ।
आपनै सभाहलमा सम्पन्न कार्यक्रममा सहज नेपालका सस्थापक अध्यक्ष सिवि गहतराजले सस्थालाइ यहाँसम्म ल्याउनका लागि धेरै व्यक्तिहरुको योगदान रहेको हुदा उक्त योगदानको कदर गर्दै नयाँ नेतृत्वले सही तरीकाबाट सस्थाको काम अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सस्थाका आजिवन सदस्य तथा निर्वाचन कमिटिका संयोजक सम्भु सेन, सस्थाका सदस्यहरु, पुर्व अध्यक्षहरु लगायतले नयाँ चयन भएको समितिलाइ बधाइ तथा शुभकामना दिएका थिए । सस्थाका निर्वाचित अध्यक्ष कौशलराज न्यौपानेले आफ्नो अवधिका सस्थालाइ तिब्र रुपमा सामाजिक काममा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।