व्यावसायिक योजना निर्माणको लागि तालिम


 

व्यावसायिक योजना निर्माणको लागि शिवराजमा ३ दिने तालिम सम्पन्न भएको छ । स्थानिय नागरीकहरुलाई शसक्तिकरणको लागि सिप तथा व्यवसाहिक क्षमता विकास सम्बन्धी कार्तिक २२ गते देखि संचालन भएकोे तालिम आज समापन भएको हो तालिम समापन समारहोहलार्य सम्बोधन गर्दै शिवराज नगरपालिकाका कृषि शाखा प्रमुख ताराचन चौधरीले तालिमले ब्यावहारमा परिर्वन हुन जरुरी हुने बताउनु भयो ।

तालिम जे उद्धेश्यले लिएको हो त्यो उद्धेश्य पुरा गर्नु पर्ने बताउनु भयो। । नगरपालिका भित्र नगरबासिलार्य आत्मानिर्भर बनाउनको लागि लक्षित गर्दै नगरपालिकाले यस्ता क्षेत्रमा बिभिन्न आयमूलक कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गदैँ आइरहेको बताउनु भयो ।

न्गरपालिकाले नागरीकको आयस्तर सुधार गर्न बाँख्रा पालन, बगुरपालन, तरकारी खेती र अन्य व्यवसायमा नगरले प्रोत्साहनका कार्यक्रम समेत गरेको बताउनु भयो
तिन दिन सम्म सांलन भएको तालिममा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका सह सचिव ध्रुब बेल्वासेले , सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका स्थानिय अधिकार कार्यक्रम संयोजक अजय चौधरी लगायतले प्रशिक्षण दिनु भएको थियो । तालिममा ३५ जना स्थानिय नागरीकहरुको सहभागिता रहेको तालिम सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका सदस्य सरीता देवि ढकालको अध्यक्षतामा तालिम समापन भएको हो।

धेरै पढिएको

ताजा समाचार