कार्तिक शुक्ल एकादशीका दिन गरीने विशेष पूजाको लागि आवश्यक पर्ने सालको लाथ्रा काट्न बनले रोक लगाएको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ र ३ मा पर्ने रहटव बनले भोलि पर्ने एकादशि पुजाको लागि भन्दै अनावश्यक रुपमा भर्खरै हुर्किदै गरेका साल कटिने भन्दै रोक लगाएको बनका अध्यक्ष यज्ञ प्रसाद बेल्बासेले जानकारी दिनु भयो ।भोलि
पुजाको लागि आवश्यक लिंगो बनले स्वयम उत्तर रहटकोलमा निशुल्क वितरण गर्ने भएकाले आवश्यक परेसम्पर्क गर्न भन्दै
सालको लाथ्रा काट्न मनाइ गरेको छ। यदि अटेर गरी वन प्रवेश गरी सालको लाथ्रा काटेमने पाईएमा कारवाहि समेत गरीने बताउनु भयो ।
हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।