होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुको आयोजनामा दोस्रो बुद्धभुमि कृषि, उद्योग, तथा पर्यटन महोत्सव सुरु भएको छ ।कपिलवस्तुको बुद्धभुमि नगरपालिका गोरुसिंगेमा आज देखि सुरु भएको मेलाको नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचायले उद्घाटन गर्नु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री आचार्यले महोत्सवले व्यवसायीको आर्थिक उन्नति गर्ने बताउनु भयो । अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवले केहि हदसम्म टेवा पुग्ने बताउनु भयो ।बुद्धनगरी यस भुमिमा महोत्सव आयोजना भएको महोत्सवले मौलिक पहिचानका रुपमा यस् क्षेत्रको सभ्यता झल्काउने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद बलाराम अधिकारीले आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सवले मद्दत पु¥याउने बताउनु भयो । बुद्धभुमि कृषिमा धेरै सम्भावनाहरु रहेको उल्लेख गर्दै उहाँले कृषिको सम्भावनालाई मूर्तरुप दिन महोत्सव फलदायी हुने विश्वास व्यक्त गर्नु भयो ।साथै उहाले बुद्धको भुमिको नाम बाट रहेको यस नगरलाइ पर्यटकीय स्थलका रुपमा चिनाउन यस महोत्सवले थप टेवा पुराउने बताउनु भयो
मेलालाई सम्बोधन गर्दै बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठले स्थानीय उतपादनको प्रचार, प्रसार र प्रवद्धनमा टेवा पुर्याउने बताउनु भयो । महोत्सवले पर्यटनसँग सम्बन्धित विभिन्न पर्यटकीय गतिविधिले बुद्धभुमीको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने बताउनु भयो ।
मेलाले पर्यटकिय गन्तव्यकोरुपमा प्रचारप्रसार हुने बताउनु भयो । महोत्सवले यस क्षेत्रका धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र विभिन्न जातजातीहरुको मौलिक खानाको संरक्षण, सम्वर्द्धन तथा प्रचार प्रसार गरी सम्रग आर्थिक विकास गर्न कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सुचना प्रविधि, उद्योग र व्यापारको प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनु भयो ।
महोत्सबमा कृषक उद्यमिहरुले उत्पादन गरेका खाद्यान्न बाली तथा बिभिन्न बालीका बिउ बिजन, तरकारी, फलफुल, दलहन नगदे बालीका साथै कृषि जन्यबस्तु, पशुजन्य, बनजन्य, घरेलु तथा साना उद्योगबाट उत्पादन गरिएका र हस्तकालबाट उत्पादन गरिएका सामाग्रीहरुको निशुल्क रुपमा स्टलहरु राखिएको अध्यक्ष लेखनाथ द्धर्तिले बताउनु भयो ।
२४ गते सम्म लाग्ने महोत्सवमा विभिन्न खालका स्टल, मनोरञ्जनका लागि पिंग, मौतका कुवा, ब्रेक डान्स लगायतका सामाग्री रहेको आयोजकले जनाएको छ । महोत्सव अवधिभर राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने समेत होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुका महासचिव पदम ढमालले जानकारी दिनु भयो ।