नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले पछिल्लो समय नेताहरुले समाजवादको नारा लगाएर नागरीकलाई छलकपट गरेको बताउनु भयो । नेताहरुले ठूलो ठूलो स्वरमा समाजवादका कुरा गर्दै पूँजीवादी पद्दतीबाट हिँड्ने गरेका बताउनु भयो।
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को आयोजनामा कपिलवस्तुको चन्द्रौटामा आज भएको भेलालाई सम्बोधन गर्दै देशको वार्तमान राजनितिक संकटलाई समाधानको लागि सबै राजनितिक दल र तिनै सरकारले ख्याल गर्नु पर्ने बताउनु भयो ।
भेलालाई सम्बोधन गर्दै उहाले कपिलवस्तुको विकासको निम्ति हातेमालो गरी अगाडी वढने वताउनुभएको छ ।
राजनितिक स्वार्थर सत्ता टिकाउनको लागि देशको कानुन भन्दा माथि उठेर एमसिसी पास गरेको बताउनु भयो । सो कार्यक्रममा स्थानिय राजनितिक दलका आगुव प्रतिनिधी, विभिन्न विषयका जानकार, उद्योगी, व्यपारी, व्यावसायीको सहभागिता रहेको थियो ।