आठौँ चन्द्रौटा महोत्सवको तयारी सुरु


कपिलवस्तु, मंसिर २०-

पौष १३ गतेदेखि २४ गतेसम्म सन्चालन हुने आठाँै चन्द्रौटा महोत्सवको तयारी सुरु भएको छ । चन्द्रौटा उधोग बाणिज्य सघको आयोजनामा हुन लागेको महोत्सवको तयारी स्वरुप आज सन्चारकर्मिसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महोत्सवलाइ कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा सन्चारकर्मिसंग आयोजकले छलफल गरेको हो ।

उद्योग पर्यटन तथा कृषि क्षेत्रको प्रचार प्रसार र आर्थिक चलायमानमा महोत्सवले भुमिका खेल्ने उद्योग बाणिज्य सघं केन्द्रिय सदस्य जमसेर अलिमियाले बताउनु भयो । विगतका बर्षहरुमा भन्दा अहिले केहि नयाँ पनका साथ महोत्सवको तयारी गर्न लागिएको जानकारी दिनुभयो । महोत्सवले यस क्षेत्रको आर्थिक चलायमानका साथै दिर्घकालिन रुपमा समेत व्यवसायिक फाइदा पुग्ने अलिमियाले बताउनुभयो ।

स्थानिय ब्यापारीको सहभागिता र अपनत्व हुने गरी महोत्सवको तयारी गरिएको चन्द्रौटा उद्योग बाणिज्य सघंका अध्यक्ष इश्वरी प्रसाद पाण्डेले बताउनु भयो । महोत्सवलाइ सव्य र भव्य रुपमा सम्पन्न गर्नका लागि र स्थानिय व्यापारीलाइ पनि समेटनका लागि सरोकारवाला निकाय तथा व्यापारीहरुसगं छलफल तथा अन्तरक्रिया गरेर अगाडि बढ्ने उँहाले बताउनुभयो ।

विगतका बर्षहरुमा विविध कारणले ठेक्कामा महोत्सव संचालन हुने गरेको भएपनि अहिले ठेक्का नभएर सबै काम आफै गर्न लागेको पनि प्रष्ट पार्नुभयो । यस बिसम परीस्थितीमा महोत्सव सफल बनाउन सबैको हात हुने बताउदै मिडियाले सहि तरीकाबाट कलम चलाइदिन पनि अध्यक्ष पाण्डेले आग्रह गर्नुभयो ।

यस्तै आजको छलफलबाट चन्द्रौटा उद्योग बाणिज्य सघंका प्रेस सल्लाहकार पत्रकार कृष्ण गैरेलाइ महोत्सवको मिडिया संयोजक तोकिएको छ ।

 

धेरै पढिएको

ताजा समाचार