कपिलवस्तु- उद्योग वाणिज्य संघ चन्द्रौटा र खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय तौलिहवाको संयुक्त आयोजनामा खाद्य स्वच्छता अभिवृद्विसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
होटल, रेस्टुरेन्ट तथा होस्टेल सञ्चालन गर्ने व्यवसायीलाई लक्षितगरी खाद्य गुणस्तर तथा खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका नीति नियमहरूका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेयले बताउनु भयो ।
उहाँले कार्यक्रममा बोल्दै बेला बेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयबाट अनुगमन भइरहने र व्यवसायीहरूलाई खाद्य गुणस्तरसम्बन्धी हुनपर्ने आवश्यक कुराहरू खाद्य लेवल, गुणस्तर, ब्राण्ड, मिश्रण आदिका साथै खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका नीति नियमहरूका बारेमा जानकारी हुन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय तौलिहवा कार्यालय प्रमुख रमेश दाहालले खाद्य स्वच्छता र गुणस्तर तथा खाद्य ऐन नियममाका बारेमा व्यवसायीलाई जानकारी गराउनु भएको थियो ।
चन्द्रौटा उद्योग वाणिज्य संघ–चन्द्रौटाका कार्यसमिति ,यस क्षेत्रका होटल व्यवसायी ,ब्यापारी लगायतको सहभागिता रहेको कार्यक्रम खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय तौलिहवा कार्यालय प्रमुख रमेश दाहालको प्रमुख आतिथ्यता चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन चन्द्रौटा उद्योग वाणिज्य संघका महासचिव राजकुमार क्षेत्रीले गर्नु भएको थियो ।