केशव बेल्वासे, कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ लाई बालमैत्रि वडा घोषणा गर्ने तयारी हँुदै छ । वडा नं.२ लाई बालमैत्रि वडा घोषणा गर्नका लागि विभिन्न सुचकहरुमा सुधार गर्ने प्रयास जारी रहेको शिवराज वडा नं.२ का वडा अध्यक्ष राम बहादुर चौधरीले बताउनुभयो । बालमैत्रि वडाका लागि चालुआर्थिक बर्षमा २ लाख बजेट छुट्टाएर वडालाइ बालमैत्रि बनाउने तयारीमा लागेको वडा अध्यक्ष चौधरीले बताउनु भयो । २०७७ साल चैत्र १४ गते सुरक्षित खानेपानि युक्त वडा घोषण भएको शिवराज नगरपालिका वडा नं २ बालमेत्रि वडा घोषण गर्न आवश्यक पर्ने सुचकहरु पुरा गर्ने प्रक्रियामा रहेको छ ।
वडा भित्रका बिभिन्न संरचनाहरु बालमैत्रि रहेको र वडामा रहेका ३ वटा सामुदायिक र १ वटा संस्थागत विद्यालय पनि बालमैत्रि वातावरणमा संचालन भइरहेको चौधारीको भनाइ छ । बालमैत्रि वडाको रुपमा घोषणा हुनलाइ विभिन्न ५१ वटा सुचकहरु पूरा गर्नु पर्छ । बालमैत्रि वडाका लागि आवश्यक पर्ने सुचकहरु मध्ये आधा भन्दा बढि सुचकहरु पुरा भइसकेको र अन्य सुचकहरु पनि पुरा गर्ने गरी काम गरीरहेको हुदा यहि आर्थिक बर्ष भित्रै वडालाई बालमैत्रि वडा घोषणा गर्ने तयारी रहेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
‘घोषणा गर्नु महत्त्वपूर्ण पक्ष होईन त्यसपछिको व्यवस्थापन पक्ष अझ महत्वपुर्ण र अर्थपूर्ण रहने भएकाले सम्पूर्ण तवरबाट सुचकहरु पूरा गरि घोषणा गरिने उहाँले बताउनुभयो । सुरक्षित खानेपानि युक्त वडा घोषणा भइसकेको शिवराज २ लाई बालमैत्रि वडाका लागि विशेष गरी बाल बिवाह चुनौतीको रुपमा रहेको उहाको भनाइ छ ।
शिवराज वडा नं २ मा जम्मा बालबालिका १८ सय ४३ रहेको र खोप लगाउने जन्मदेखि २३ महिनासम्मका बालबालिकाको संख्य १ सय २६ रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र बालापुरका इन्चार्ज बिरेन्द्र कुमार मिश्रले बताउनु भयो । वडा भित्र ५ बर्ष मुनिका बालबालिका ५ सय ६७ रहेको बताउदै वडामा गत बर्ष २ जना मात्रै घरमा र अरु सबै स्वास्थ्य सस्थामा सुत्केरी भएको पनि उहाँले जानकारी दिनुभयो ।
वडाको सहयोगमा स्वास्थ्य सेवा केन्द्रबाट पोषण कार्यक्रम संचालन भइरहेको र नियामित मासिक रुपमा तौल अनुगमन तथा गर्भवतिका लागि इपिएनसि, खोप अन्तरगतको टिटि सेवा, सस्थागत सुत्केरीहरुलाइ प्रोत्साहन कार्यक्रम संचालन भइरहेको इन्चार्ज मिश्रले बताउनुभयो । वडामा प्रत्यक बर्ष खोज र खोप कार्यक्रम मार्फत टोलटोलमा पुगेर खोप लगाउने गरेको बताउदै वडामा सत प्रतिशत बालबालिकाले खोप लगाएको गरेको उहाँले बताउनुभयो । स्वास्थ्य सेवा केन्द्रको तथ्यंक अनुसार बालमैत्रि वडाका लागि धेरै सुचकहरु पुरा गरीसकेको मिश्रले बताउनुभयो ।
शिवराज २ मा शत प्रतिशत बालबालिका विद्यालय भर्ना भएको, बाल हिंसा तथा बाल श्रम सुन्य रहेको वडा अध्यक्ष चौधरीले बताउनुभयो । भौतिक विकासमा बढी जोड दिँदै पूर्वाधार विकास अर्थात् आँखाले देख्न सकिने संरचनाको विकास मात्र विकास नभएर बालबालिकाको अधिकार, सामाजिक विकासमा लगानी लगाउनुपर्ने भएकाले वडालाइ बालमैत्रि बनाउने तारीमा लागेको उहाँको भनाइ छ ।
वडामा शत प्रतिशत भर्नादर रहेको र टिकाउदरका लागि विभिन्न कार्यक्रमहरु संचालन गरीने उहाँले बताउनु भयो । कमजोर अवस्थामा रहेका सुचकहरु पुरा गर्नका लागि चालुआर्थिक बर्षमा २ लाख बजेट रहेको र उक्त बजेटले कमोर सुचकहरुलाइ सुधार गरेर जाने बताउनुभयो । बालमैत्रि वडा घोषणाका लागि सुनिसेफ तथा अन्य विभिन्न सघं सस्थासगँको सहकार्यमा काम गरीने पनि उहाँले बताउनुभयो ।