
कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका आधारभूत स्वास्थय सेवा अस्पताल चन्द्राैटामा शव परिक्षण सेवा सुरू भएको छ । आज एक कार्यक्रमका बिच शव परिक्षण गृह उद्घाटन गरिएको हाे ।
नगर प्रमुख अजय थापाले सेवाको सुभारम्भ गर्दै अत्यवाश्यक रहेको सेवा सन्चालन पछि सहजता आउने बताउनुभएको छ । वडा न ५ का अध्यक्ष नेत्र बेल्बासे , चन्द्रौटा उधोग बाणिज्य सघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे , नेपाली काग्रेस जिल्ला उपसभापती हुमकान्त खनाल लगाएतले अस्पतालमा भएको सेवा बिस्तार प्रती धन्याबाद व्यक्त गर्नुभएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेट डा अ्मित पाण्डेले औपचारिक रुपमा आज देखि सेवा आरम्भ भएको बताउनुभयो ।
अस्पताल संचालक समितिका अध्यक्ष नेत्र बेल्वासेकाे अध्यक्षता तथा शिवराज नगरपालिका नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यता, उप प्रमुख शिवकुमारी थारूकाे बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा शिवराज नगरपालिका प्रशासकीय प्रमुख, ईलाका प्रशासनका प्रमुख विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न संघ सस्थाका पर्मुख तथा प्रतिनिधि लगायतकाे उपस्थिति रहेको थियो ।