ज्येष्ठ नागरिकलाई न्यानो कम्बल


कपिलवस्तुको शिवराज नगरपालिका वडा ४ ले वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कम्बल वितरण गरेको छ । मङ्गलवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा भित्रका ७५ वर्ष माथिका १५० जना ज्येष्ठ नागरिकहरूलाई न्यानो कम्बल प्रदान गरेको वडा अध्यक्ष नसिम अहमद खाँले बताउनुभयो।

चिसो मौसम बढेसँगै वृद्धवृद्धाहरुलाई समस्या भएकोले कम्बल वितरण गरेको अध्यक्ष खाँले बताउनुभयो । चिसो कारण ज्येष्ठ नागरिकहरूको स्वास्थ्य समस्या हुने भएकोले वडाले वार्षिक कार्यक्रम अन्तर्गत वृद्ध वृद्धालाई सम्मान स्वरूप न्यानो कम्बल प्रदान गरेको बताउनुभयो ।

वडा अध्यक्ष खाँले जाडोको समयमा तातो र झोलिलो खानेकुरा खानु आग्रह गर्नुभयो । नागरिकहरूलाई पायक पर्ने तीन स्थानबाट वितरण गरिने भएको छ । वडाले कम्बल वितरणको लागि रु १ लाख ५० हजार विनियोजित गरेको थियो ।

धेरै पढिएको

ताजा समाचार