कपिलवस्तु-डिभिजन वन कार्यालय, कपिलवस्तु (गौतमबुद्ध)ले दाङ–अर्घाखाँची–कपिलवस्तु क्षेत्रहरुलाई समेटेर गरेको क्यामेरा ट्रयाप सर्वेक्षणको प्रारम्भिक नतिजाले ३ वयस्क बाघ (२ भाले र १ अज्ञात) ३ फरक फरक स्थानमा जडित क्यामेरामा फोटो कैद भएको जनाएको छ ।
डिभिजन वन कार्यालय, कपिलवस्तु (गौतमबुद्ध) नेतृत्वमा डिभिजन वन कार्यालय, देउखुरी (दाङ्ग) र डिभिजन वन कार्यालय अर्घाखाँची समेतले संयुक्त रुपमा तराई भू–परिधि कार्यक्रमको आर्थिक सहयोगमा मध्य तराई भू–परिधि क्षेत्रहरुलाई समेटेर क्यामेरा ट्रयाप सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षण तथा अध्ययन क्षेत्रको लागि दाङ जिल्लाको २ पालिका, अर्घाखाँची जिल्लाको १ पालिका र कपिलवस्तु जिल्लाको ३ पालिकाहरुको वन क्षेत्रलाई समेटेको डिभिजन वन कार्यालय, कपिलवस्तु (गौतमबुद्ध)ले प्रेश विज्ञप्तीमार्फत जनाएको छ ।
फोटो कैद भएका भाले बाघ मध्ये एउटा बाघ अघिल्लो वर्ष दाङ जिल्लाको राजपुर र गढवा क्षेत्रमा पनि फोटो कैद भएको थियो र यस वर्ष सोही बाघको फोटो कपिलवस्तुको बिजयनगर गाँउपालिकाको वन क्षेत्रमा फोटो कैद भएको प्रेश विज्ञप्तीमा उल्लेख गरीएको छ ।
पारम्भिक नतिजा अनुरुप वाघहरुको सुरक्षित फैलावटका लागि सिमावर्ती समन्वयको आवश्यकता देखिएको छ ।।यो सर्वेक्षण कार्य तराई भू–परिधि कार्यक्रम र विश्व बन्यजन्तु कोष नेपालको प्राविधिक र आर्थिक सहयोगमा संचालन गरिएको थियो ।
प्रेश – विज्ञप्ती-