कपिलवस्तु –
माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन फागुन १ गतेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदै आइएको छ । सो अवसरमा नेकपा माओवादि केन्द्र र नेपाल कम्युनिष्ट पार्टि शिवराजले २९ औँ जनयुद्ध दिवस सम्युक्त रुपमा मनाउने निर्णय गरेको छ । नेकपा माओवादि केन्द शिवराज नगर कमिटिको कार्यालयमा बसेको बैठकले चन्द्रौटा चोकमा दिप प्रज्वलन र कोण सभा गरेर जनयुद्ध दिवस मनाउने निर्णय गरेको हो ।
साथै फागुन १ गतेको साँझ जनयुदको उपलब्धीलाइ आत्मसाथ गर्दै सम्पुर्ण न्याय प्रेमि जनसमुदायलाइ आ आफ्नो घरमा दिप प्रज्वलन गर्न अपिल गर्ने निर्णय गरेको छ । नेकपा माओवादि केन्द शिवराज नगर कमिटिका कार्यवाहक अध्यक्ष सिता बुढाथोकिको अध्यक्षतामा बसेको बैठकमा नेकपाका पोलिट ब्युरो सदस्य भेषराज सि, माओबादि केन्द्र लुम्बिनी प्रदेस कमिटि सदस्य दिनेश पुन लगायतको उपस्थिती रहेको थियो ।
माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् । जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ । सोको सम्झनामा दिवस मनाउन लागिएको माओबादि केन्द्र लुम्बिनी प्रदेस कमिटि सदस्य दिनेश पुनले बताउनुभयो ।