कपिलवस्तु –
अहिले पालिकाहरुले महिलाहरुलाई उद्दमी बनाउन निकै कोशीस गरेको छ । शिवराज नगरपालिका वडा न ३ मा कोसिस जारी छ । वडाले महिलालाई उद्दमी बनाउन विभिन्न कार्यक्रम तय गरि संचालनका लागि स्थानिय सस्थालाई अगाडि बढायको छ । शिवराज ३ मा रहेको मिलिजुली महिला विकास बचत तथा रिन सहकारी सस्थाको आयोजना शिवराज नगरपालिका वडा न ३ को सहयोगमा महिलाहरुका लागि ५ दिने अचार बनाउनी तालिम सम्पन्न भयको छ ।
कार्यक्रम शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुको प्रमुख आथित्यतामा शिवराज नगरपालिक प्रमुख प्रशासकिय अधिकृत बाबू राम पौडेल, शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटा बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भयको छ। समापन कार्यक्रममा बोल्दै शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुले सीप मुलुक तालिममा नगरपालिकाले लगानी गरेको छ तर उपलब्धि कम देखिन्छ ।
यस सस्थाले गरेको अचार बनाउनी तालिम ब्यबसायिक बन्न अनुरोध गर्नु भयो । त्यस्तै शिवराज नगरपालिका प्रमुख प्रसासकिय अधिकृत बाबुराम पौडेलले तथा वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले व्यावसायलाइ बजारीकरण गर्न टेवा पुराउने बताउनु भयो । उद्योगबाणिज्य संघका अध्यक्ष ईश्वरी पान्डेयले शिवराज नगरपालिकाकामा कोशेली घर निमार्ण गरेर स्थानीय स्तरमा उत्पादन भयका अचार,सिन्की लगायतका सामग्री बिक्री गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका कृषि शाखाका प्रमुख ताराचन चौधरी,शिवराज नगरपालिका सहकारी बिभाग अधिकृत लक्षमी कडे,वडा न १० का वडा अध्यक्ष मन्जु मिश्र लगायतको सहभागीता रहेको थियो । कार्यक्रम शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुको प्रमुख आथित्यतामा, कार्यक्रम मिलिजुली महिला सहकारीका अध्यक्ष दिपा बेल्बासेको अध्यक्षतामा सस्थाका ब्यबस्थापक अनिता भुसालको संचालनमा सम्पन्न भयको थियो ।