
कपिलवस्तु-परिवर्तन संचार गृहद्धारा संचालित सामुदायिक रेडियो भ्वाईस १०२.४ मेगाहर्जको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बल वहादुर विश्वकर्माको अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के. सी को प्रमुख आतिथ्यतामा रेडियोको स्थापना दिवस एवम ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य के सी ले रेडियो प्रतिको विश्वासनियता र लोकप्रियता कायमै राख्न सुझाव दिँदै समय परिवर्तनशि रहेको भन्दै रेडियोलाई प्रविधि मैत्रि बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका संस्थापक नगरप्रमुख नेत्रराज अधिकारीले सञ्चारको माध्यमबाट नागरीकको अधिकारको मुल मुद्दामा रहेर रेडियो अगाडि वढ्नु पर्ने बताउनु भयो ।
रेडियो प्रसारण ल्याएर सामाजिक रुपान्तरणमा महत्वपुर्ण भुमीका खेलेको भन्दै आगामी दिनमा पनि प्रतिस्प्रधात्मक तरिकाले अगाडी बढनुपर्ने शुभकामना ब्यक्त गनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे ,चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोखरेल ,रेडियोका पुर्व अध्यक्षहरु लगायतले शुभकामना मन्तब्य राख्दै रेडियोको प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन सस्थाका सचिव संजिव गहतराज , लेखा सुपरीवेक्षण प्रतिवेदन संस्थाका कोषाध्यक्ष कपिलदेव खनालले प्रस्तुत गर्नु भएको थियो ।