कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ खरेन्द्रपुरमा स्वास्थ्यकर जिवनशैली प्रबर्द्धनमा गृहणिहरुका लागि भान्सा सुधार कार्यक्रम सप्पन्न भएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ केन्द्रको आयोजना तथा वडा नम्बर ३ को समन्वयमा कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा वडा भित्रका १० वटा आमा समूहका अध्यक्ष, १० जना स्वास्थकर्मि तथा स्वयमसेबिका हरुको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष टेकलाल सापकोटाले स्वास्थ्य जिवनशैलिका लागि सर्वप्रथम भान्सामा सुधार ल्याउन आवस्यक हुने भएकाले कार्यक्रमको आयोजाना गरिएको बताउदै गृहणिहरुलाइ सिकेका कुरा ब्यावहारमा लागू गर्न आग्रह गर्नु भयो ।
कार्यक्रम जिल्लाका विभिन्न पालिकाहरुमा संचालन गरिरहेको र अहिलको बर्तमान अबस्थामा स्वास्थ्य जिवनशैलि नअपनाउने बानिका कारण विभिन्न रोगको सिकार बनिरहेकोहुँदा स्वास्थ्य जिवनशैली सुधारका लागि वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाको आग्रहमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्का प्रमुख नलिननाथ तिवारीले बताउनु भयो ।
डाक्टर आशिष कुमार चौधरीको प्रशिक्षण दिनुभएको कार्यक्रमको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख कबिराज सुरेन्द्र प्रसाद पान्डेयको स्वागत मन्तब्य र बरिस्ठ कबिराज निरीक्षक हरिलाल उपाध्याय संचालनमा समपन्न भएको थियो ।