विद्यार्थी बेहास हुन थालेपछि विद्यालय बन्द


कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माविका विद्यार्थीहरु एकाएक बेहोस हुन थालेपछि २ दिनका लागि विद्यालय बन्द गरिएको छ । केहि दिन देखि दैनिक जसो विद्यार्थीहरु बेहोस हुने गरेकोले स्वास्थ्य अवस्थालाई ध्यान दिदै विद्यालय बन्द गरेको विद्यालयका प्रध्यानाध्यापक मुक्तिनाथ पोखरेलले बताउनुभयो ।
पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गरिएको हो । बुधवार मात्र १० जनाभन्दा धेरै छात्राहरूमा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक पोखरेलले बताउनुभयो ।
विद्यालयमा समस्या देखिएपछि मनोविश्षेलकहरुसँग कुराकानी गरिएको नगरप्रमुख अजय थापाले बताउनुभयो । केहीबेर बेहोस हुने कराउने गरेपछि आफैँ ठिक हुने गरेको बताइएको छ । केही समयपछि फेरि अरु विद्यार्थीहरुलाई समेत यस्तो समस्या देखिएपछि विद्यालयको पठनपाठन बन्द भएको हो । केहि समय अघि सरस्वती आधारभूत विद्यालयमा समेत यस्तो समस्या देखिएको थियो । छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएको चिकित्सकहरुको भनाई छ । छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएकोले केही दिन विद्यालय बन्द गरेर सम्पर्कविच्छेद गरे विस्तारै समस्या आफैँ समाधान हुने मनोविश्षेलकहरु बताउछन् ।

धेरै पढिएको

ताजा समाचार