रहतावल सामुदायिक बन उपभोक्ता समुहको प्रथम साधारण सभा सम्पन्न


गिता पौडेल-रहतावल सामुदायिक बन उपभोक्ता समुहको प्रथम साधारण सभा सम्पन्न भयको छ । कार्यक्रमका प्रमुख अथिती डिभिजन बन अधिकृत राम घलानले सामुदायिक बनले समुदायमा प्रत्यक्ष प्रभाव पार्न सक्ने बताउदै समुदायले बन संरक्षणमा टेवा पुराउनु पार्ने बताउनु भयो । अधिकृत घलानले सामुदायिक बनले समुदायको बिकासमा सकारात्मक भुमिका खेलिरहेको समेत बताउनु भयो ।
कार्यक्रम शिवराज साझेदारी बनका अध्यक्ष हरि पोख्रेलले रहतावल बनमा नर्सरी छैन आवश्यक परे शिवराज साझेदारी बनले उपलब्ध गराउने बताउनी भयो । बन संरक्षण गर्ने जिम्मेवारी समुदायको हो त्यस अनुरुप समुदाय जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भयो ।

 

रहतावल सामुदायिक बनका अध्यक्ष यज्ञ बहादुर बेल्बासेले बर्सेनि तिब्र रुपमा प्रचार प्रसार गरे पनि बर्सेनि आगो लाग्छ त्यो आगो समुदायले नै लगायको छ । त्यसको असर समुदायलाई पर्ने गर्द्छ । त्यसले हामु जिम्मेवार बनौं । अब ३ महिना सम्म बन प्रवेश गर्न नपाउने समेत बताउनु भयो ।

 

अध्यक्ष बेल्बासेले यश बर्षको नीति तथा कार्यक्रमको लागि २ करोड ६८ लाख योजना  रहेको बताउनु भयो । रहतावल सामुदायिक बनको २०७९/८० को ७५ लाख ९७ हजार ४ सय १ रहेको थियो। कार्यक्रममा शिवराज बनका अध्यक्ष हरि पोख्रेल,जनचेतना सामुदायिक बनका प्रतिनिधि,मनकामना सामुदायिक बनका अध्यक्ष राम बहादुर केसि,शिक्षा प्रेमी नबराज पान्डे लगायतको सहभागीता रहेको थियो।

 

कार्यक्रम डिभिजन बन अधिकृत राम घलानको प्रमुख आथित्यतामा रहतावल सामुदायिक बनको कार्यालय सचीव उत्तम चौधरीको सन्चालनमा सप्पन्न कार्यक्रमको अध्यक्षता यज्ञ बहादुर बेल्बासेले गर्नु भयको थियो ।

धेरै पढिएको

ताजा समाचार