
शिवराज नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चन्द्रौटा वडा न ५ को हलमा भएको कार्यक्रममा नगरले एक आर्थिक वर्षमा गरेका कामको बारेमा प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले सार्वजनिक गर्नुभएको थियो । नगरले निरन्तर रुपमा योजनाका कामहरु अघि बढाएको बताउँदै कतिपय सम्पन्न र कतिपय काम संचालन भइरहेको उहाँले बताउनुभयो । नगरले शिक्षा,स्वास्थ्य,कृषि,पशु तथा अन्य क्षेत्रमा गरेका कामले नागरिकहरुलाई सहजता प्रदान भएको बताउनुभयो ।
सहभागिहरुले विभिन्नवडा तथा शाखाहरुलाई लक्षीत गरेर प्रश्नहरु गरेका थिए । निशुल्क शिक्षाको नाममा शिक्षामा गुणस्तरीय घटेको,किसानहरुलाई बिल मल समयमा पाउन नसकेको,छाडा चौपाँया व्यवस्थापन नभएको,नगरको भवन अलपत्र रहेको कवडहल निर्माण हुन नसकेको लगायतका विषयमा प्रश्न गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख अजय थापाले निशुल्क शिक्षाले देशकै नमुना पालिका बनाउन सफल भएको बताउँनुभयो ।
नगरले गौरवका योजनामा समेत काम गरेको बताउनुभयो । सेवा प्रवाहलाई चुस्तदुरुस्त गराउँदै नगरको आफ्नै भवन निर्माणको लागि पहल भइरहेको बताउँनुभयो । कार्यक्रममा सहभागिहरुको प्रश्नहरुको जवाफ दिदै थापाले खोला ठेक्कको विषयमा बनको कारणले समस्या सिर्जना भएको बताउनुभयो ।