
गिता पौडेल ,कपिलवस्तु -आज शिवराज नगरपालिकाले दादुरा-रुबेला खोप अभियान २०८० अन्तरगत पालिका स्तरीय खोप गोस्टी सम्पन्न गरेको छ ।
दादुरा रुबेला खोप अभियान ९ महिना देखि 15 बर्ष सम्मका बालबालिकालाई लगाउने खोप अभियान हो ।
शिवराज नगरपालिकाले ११ वटै वडाका विभिन्न ठाँउमा खोप केन्द्र संचालन गरेर खोपको पौचमा आउन नसकेका बालबालिकालाई टार्गेटमा राखेर खोप संचालन गर्न सरोकार बालाको जोड रहेको थियो । कार्यक्रमका प्रमुख अथिती शिवराज नगरपालिका प्रमुख अजय थापाले दादुरा रुबेला अभियान सफल पार्न सबैको साथ जरुरी रहेको बताउनु भयो । कार्यक्रममा चन्द्रौटा उधोग बाणिज्य संघका अध्यक्ष ईश्वरि पान्डेले सरोकार वाला निकायले नै औसधि सेवन गर्न तथा विभिन्न खोप लगाउन हिचकिचाउनी भन्दै हामी आफै सुधरिनु ओअर्ने बताउनु भयो,सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष
राजु खरालले अहिलेको समयमा माइकिङ गरेर भन्दा पनि सर्बसुलभ माध्यम सामुदायिक रेडियोको माध्यमबाट यकै पटक धेरै जनमानसमा सुचना प्रवाह गर्दा प्रभावकारी हुने सुझाव दिनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका कृषि शाखा प्रमुख ताराचन चौधरी,शिवराज नगरपालिका प्रसाशन शाखा प्रमुख डिल्लि राज भट्टराई unicef का प्रतिनिधि लगायतले मनतब्य राख्नु भयको कार्यक्रम शिवराज नगरपालिका वडा न. ५ का वडा अध्यक्ष नेत्र बेल्बासेको अध्यक्षतामा शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईको सहजीकरण पुणिमा खनालको संचालनमा सप्पन्न भयको थियो ।