फाल्गुन १६ –
सैनामैना बिकास भनेको बाटो घाटो मात्र हैन जन्मने शिशुहरू अपाङ्ग , विरामि जन्मन नदिई स्वस्थ शिशु जन्माउनु पनि बिकास भएकोले दादुरा रूवेला विरूद्धको खोप अभियानमा सबैजना लाग्नुपर्ने सैनामैना नगरपालिका वडा नं ४ का वडा अध्यक्ष राम्र प्रसाद अधिकारीले जोड दिनुभयो ।
नेपाल सरकारले सन २०२६ सम्म्मा शुन्य दादुरा रूवेला लक्षेय लिएकोले सबैजना अफ्नो टोल छिमेकिमा लाग्नुपर्ने सैनामैन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बसन्त श्रेष्ठले प्रकास पार्नुभयो । दादुरा रूवेला संकर्मण एकैपटक १८ जना बालबालिकाहरूमा सर्न सक्ने भएकोले अत्यन्तै सम्बेदनशिल हुनुपर्ने बक्ताहरूको जोड रहेको थियो । फाल्गुन २० गते बाट २४ गते सम्म संचालन हुने अभियान वडा स्तरीय खोप समन्वय समितिको आयोजनमा जनचेतना अभिबृदद्ध गर्ने उद्य्येश्ले कार्यक्रम आयोजना गरिएको हो । १ वर्ष देखि १५ वर्ष सम्मका बालबालिकाहरूले लगाउनुपर्ने छ ।
कार्यक्रममा प्रर्हवा स्वास्थय चौकि प्रमुख जंग बहादुर सुनारले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नुभएको थियो भने बिष्णा खड्काले कार्यक्रम संचालन गर्नुभएको थियो ।