फागुन १७ गते –
पौडेल वशं महासंघ शिवराज नगरस्तरीय पहिलो अधिवेशन सम्पन्न भएको छ । धकबअधिवेशनले राम प्रसाद पौडेलको अध्यक्षतामा १३ सदसीय समिति गठन गरेको छ । जस्को उपाध्यक्षमा नारायण पौडेल,सचिवमा दर्गा पौडेल,सह सचिवमा जिवलाल पौडेल,कोषाध्यक्षमा तारा प्रसाद पौडेल,सदस्यहरुमा ज्ञानु पौडेल,देबिलाल पौडेल,तारा पौडेल,कुलराज पौडेल,बिपना पौडेल र गीता पौडेल लगायत चयन हुनु भएको छ ।
कार्यक्रमका प्रमुख अथिति पौडेल वशं महासंघ केन्द्रिय उपाध्यक्ष शालिकराम पौडेलले देश भरी छरीएर रहेका पौडेल बन्दुहरुको वंशावली तयार गर्ने भरीछरीएर रहेका पौडेलबन्दु के कति छन एकिंग गर्ने उदेश्य सहित पौडेल वशंमहासंघ गठन गरिएको बताउनु भयो । प्रमुख अथिति पौडेलले पौडेलको इतिहास बारे खोजिकार्य भएरहेको र हाल १०७ वटा पालिका र ५७ वटा जिल्लामा र सबै प्रदेशमा महांसघं गठन गर्न सुरु गरिएको समेत बताउनु भयो ।
त्यस्तै केन्द्रिय सदस्य लिला कुमारी पौडेलले पौडेल बन्दु एक भएर समाजमा असल कामको सुरुवातसंगै परोपकारी भावनाको विकास गर्न र छरीएर रहेका पौडेलाई एक ठाउँमा ल्याउन महासंघले पहल गरेको बताउनु भयो । साथै कमजोर महसुस गरिरहेका पौडेललाई अर्को पौडेलले आवश्यक सहयोग गरि माथि उकास्न समेत पहल गरेको बताउनु भयो ।
त्यस्तै पौडेल महांसघं कपिलबस्तुका अध्यक्ष टेकराज पौडेलले जिल्लाका बिभिन्न ठाउँमा रहनु भएका पौडेललाई एकताबद्ध गर्दै सबै पालिकामा महांसघं बिस्तार सुरु गरेको र केहि पालिकामा गर्ने तयारीमा रहेको बताउनु भयो ।
त्यस्तै महांसघ प्रदेश सदस्य बहादुर पौडेल,कृष्ण पौडेल लगायतले मनतब्य राख्नु भएको छ ।
कार्यक्रम जगत पौडेलको स्वागत मनतब्य महांसघं केन्द्रिय उपाध्यक्ष शालिकराम पौडेलको प्रमुख आथित्यतामा बिष्णु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गीता पौडेलले गर्नु भएको थियो ।