शिवराजमा बिश्व उपभोक्ता दिवस मनाईयो

गिता पौडेल ,कपिलवस्तु-स्वच्छ र प्रतिस्पधी बजार,उपभोक्ताको सार्वभौम अधिकार भन्ने मुल नारा सहितआज शिवराज नगरपालिका वडा न।१ शिवपुरमा विश्व उपभोक्ता अधिकार दिवश मनाईएको छ ।

घरेलु तथा साना उद्धोग कार्याकय कपिलवस्तुको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अथिती लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसि हाम्रो भान्सामा प्रयोग हुने खाद्यान्न घरमै उत्पादनमा भयको हुनुपर्नेमा जोड दिनु भयो । अखाद्य बस्तुले अधिकाम्स मानिस रोगको सिकार हुनु परेकोमा दुस्खद ब्यत्त गर्दै गुणस्तरीय खानामा जोड दिनु भयो । विशेष गरि बालबालिकालाई बाहिर खाने बानी नलगाउ । बालबालिकालाई घरमै तयार गरेको खानामा जोड दिउँ ।
कार्यक्रमका बिशिस्ट अथिती मिना परियार आम उपभोक्ताको अधिकार सु निश्चित गर्नका लागि हामी सबैले आफ्नो ठाउँमा सचेत रहन आवश्य्क रहेको छ ।
उद्धोग बाणिज्य संघ चन्द्रौटाका अध्यक्ष ईस्वरी पान्डेयले हाम्रो बजारमा आउने खाने कुरामा गुणस्तरिय छ कि छैन भन्ने कुरामा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले उपभोक्ताको अधिकार सुरछित गर्न स्थानीय सरकारले पहल गर्नु पर्ने बताउनु भयो । नागरिक जागरण हुनु पर्ने बताउनु भयो ।
त्यस्तै फुल कुमारी श्रेष्ठ हाम्रो भान्सामा गुणस्तरीय खाद्यान्न छ्की छैन भन्ने कुराबाट सुरु गर्नु पर्ने बताउनु भयो ।
चाडबाडमा मात्रै बजार अनुगमन गरेर नहुने अन्य समयमा पनि अनुगमन गर्नु पर्ने बताउनु भयो । प्रेम बहादुर गौतमको अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसिको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन पुर्ण चन्द्र परियारले गर्नु भयो ।

धेरै पढिएको

ताजा समाचार