
कपिलवस्तु –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्ट्रचार नियन्त्रण शुसासन प्रवर्धन सम्वन्धी स्थानिय तह स्तरिय अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिवराज नगरपालिका वडा नम्वर ५ को सभाहलमा शुक्रबार स्थानिय स्तरमा हुने भष्ट्रचार र यसको नियन्त्रण सम्बन्धी प्रकाश पारिएको थियो ।
उक्त कार्यक्रममा भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित आयोगमा पर्ने उजुरीका बिषयवस्तुहरु र उक्त विषयमा आयोगका सुझावहरुको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका कार्यलय प्रमुख राजेन्द्र कुमार पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रममा उठेका सवालहरुको सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष एवं कार्यालय प्रमुख पौडेलले आयोगमा स्थानीय तहसँग सम्बन्धित उजुरीहरु बढ्दै गईरहेकोले प्रचलित कानूनको पूर्ण परिपालना गरी जनप्रतिनिधी एवं कर्मचारीहरुले आफूलाई प्राप्त अधिकार र स्रोतको प्रयोग गर्न सुझाव दिनुभयो । जिल्लाका १० वटा पालिका मध्ये शिवराज नगरपालिकाको सबै भन्दा कम ५ वटा उजुरीमात्र परेको पौडेलले बताउनु भयो
आयोगले नगरपालिकामा आयोजना गरिएको अन्तर्क्रिरया प्रभावकारी भएको र पालिकामा कसैले भष्ट्रचार गरेको प्रमाण भेटाए तुरुन्तै कार्वहायी गर्ने बताउदै जनप्रतिनिधी, कर्मचारी एवं सरोकारवाला सबैको सहयोगमा पालिकालाई भ्रष्टाचारमा शून्य बनाउन सकिने शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, बाबुराम पौडेल कार्यपालिका सदस्यहरु, नगरपालिकाका शाखा प्रमुखहरु, उ.मा.वि.÷मा.वि. का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, स्थानीयस्तरका संघीय तथा प्रादेशिक कार्यालयका प्रमुखहरु, स्थानीय गैरसरकारी संस्था तथा नागरिक समाजका प्रमुख÷प्रतिनिधीहरु, सञ्चारकर्मीहरु, उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको उपस्थिती रहेको थियो।