नेपाल राष्ट्रिय शिक्षक सङ्गठन शिवराजकोे अधिवेशन सम्पन्न, अध्यक्षमा गैरे

 

टुडे पत्र,कपिलवस्तु-नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।  संगठनको तेस्रो नगर अधिवेशनले पुनः गिरी प्रसाद गैरेको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको छ ।

नवगठित समितिको उपाध्यक्षयमा पवित्रा पराजुली र विष्णु प्रसाद भुसाल सचिवमा देविराम पाण्डे ,सहसचिवमा भक्ति पौडेल, कोषाध्यक्षमा कमला शर्मा र सहकोषाध्यक्षमा तिलुमाया अधिकारी चयन हुनु भएको छ । समितिको सदस्यहरुमा क्रमशः निर्मला जि सी ,अञ्जना अधिकारी लेखनाथ खनालसहित १९ सदस्यको समिति चयन भएको नवनिर्वाचित सचिवदेविराम पाण्डेले रायमाझीले जानकारी दिनु भयो ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर अध्यक्ष गिरीप्रसाद गैरेको अध्यक्षता सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका कपिलवस्तु जिल्ला सचिव टिकाराम घिमिरे , नेपाल राष्ट्रिय शिक्षक संगठनका लुम्बिनी प्रदेश सदस्य झबिलाल भण्डारी, नेकपा एमाले शिवराज नगरकमिटी अध्यक्ष जगतप्रसाद पौडेल, उपाध्यक्ष महादेव पोख्रेल, शिवराज ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, पेशागत महासंघका विष्णु क्षेत्री लगायतले मन्तव्य राख्नुभएको थियो ।

 

धेरै पढिएको

ताजा समाचार