चन्द्रौटामा निर्माण हुन लागेको प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको प्रक्रिया छिट्टै अगाडि बढ्ने

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटामा निर्माण हुन लागेको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको प्रक्रिया सुरु हुने भएको छ । लामो समय देखि जग्गा प्राप्तीको काम टुङ्गो नलागेर निर्माण प्रक्रिया रोकिएको प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु हुने भएको हो

आज अस्पताल निर्माण स्थलको अनुगमन गर्दै जग्गा प्राप्तीको लागी बन मन्त्रालयलाई बुझाउनुपर्ने रकम किस्ता किस्तामा स्वास्थ्य मन्त्रालयले बुझाउने सहमती भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको लुम्बिनी प्रदेसका स्वास्थ्य मन्त्री राजु खनालले जानकारी दिनुभयो । ।

एक करोड रुपैयाँ तत्काल बुझाउने र अन्य बाकि रकम किस्ताबन्दीमा बुझाउने गरि सहमती भएपछि काम अगाडि बढाएको मन्त्री खनालले बताउनुभयो ।अस्पताल निर्माण स्थलको अनुगमनमा प्रदेश सभा सदस्य अर्जुन कुमार के सी , नगर प्रमुख अजय थापा, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार