
कपिलबस्तु-ब्यापार संघ कपिलबस्तुले ब्यवसायिहरुको जरिवाना रकम मिनाहको लागी आन्तरिक राजश्व कार्यलय कृष्णनगरलाई अनुरोध गरेको छ । अध्यक्ष महादेव पोख्रेलको नेत्तृत्वमा गएको टोलिले कोभिड , आर्थिक मन्दी लगाएतका समस्याबाट ब्यवसायि पिडित भएकाले जरिवाना छुटको माग गरेका हुन ।
समस्या समाधानको लागी आन्तरिक राजश्व बिभागमा पहल गर्न आन्तरिक राजश्व कार्यलय कृष्णनगरका कार्यालय प्रमुख उद्धव न्यौयाने समक्ष ध्यानाकर्षण पत्र बुझाउँनु भएको हो
। अध्यक्ष महादेव पोख्रेलले काठमाडौंमा आयोजना भएको ब्यपार सघको महाधिवेशनमा समेत यो बिषयलाई गम्भिरता पुर्वक उठाउने बताउनुभएको हो ।ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख न्यौपानेले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्दता जाहेर गर्नुभएको थियोे । साथै यो ज्ञापनपत्र आफुले सम्बन्धित कार्यालयमा यथासिघ्र पठाईदिने समेत बताउनु भयो ।
ज्ञापनपत्र बुझाउन संघका जिल्ला अध्यक्ष महादेव पोखरेलको नेतृत्वमा उपाध्यक्ष दिपक पौडेल ,महासचिव गोपाल बन्जाडे ,सचिव होतराज पोख्रेल शिशिर लगायत आन्तरिक राजश्व कार्यलय कृष्णनगर पुग्नु भएको थियो ।