बैशाष ०७ गते / संजिव गहतराज –
आई.एम.ई द्धारा रूपन्देहिको सैनामैना न.पा १ परौहवामा बीमा मृत्यु दाबि रकम भुक्तानि गरिएको छ । मेरूदण्ड बचत तथा ऋण सहकारी संस्था लि सैनामैना न.पा ३ रूपन्देहिका मृतक डिल बहादुर थारू रू १३,७०,०००/- र शान्ति ठकुरीको रू २,००,००० गरी जम्मा रू १५,७०,०००/- मृतक परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।
मृत्यु दाबि भुक्तानि कार्यक्रमलाई सम्बोधन गर्दै अई.एम.ई लुम्बनी प्रदेश क्षेत्रीय शाखा प्रमुख राजेन्द्र पन्थिले बीमा गर्नु भनेको आश्रित परिवारलाई राहात भएकोले सहकारीका सबै ऋणिले अनिवार्य गर्नुपर्ने बताउनुभयो । सहकारी संस्थाबाट ऋण लिने सदस्यहरूका लागि मृत्यु भएमा, दुर्घटनाका कारण मृत्यु भएमा, दुर्घटनामा परि पुर्णरू तथा आसिंक रूपमा अपाङ्ग भएमा बीमा दाबी गर्न सकिने भएकोले यो योजना सबै सहकारीले लागु गर्नुपर्नेमा अई.एम.ई लुम्बनी प्रदेश क्षेत्रीय शाखा प्रमुख पन्थिले जोड दिनुभयो ।
कार्यक्रमको समापन गर्दै ऋणिहरूको कर्जा बीमा गर्नाले जोखिम पुर्ण समयमा बीमा कम्पनिले उपलब्ध गरेको रकमले मृतक परिवार तथा सहकारी संस्थालाई राहात महशुस भएको संस्थाका अध्यक्ष चन्द्रकान्त भण्डारीले बताउनुभयो । आई.एम.ई कम्पनिको दाबि भुक्तानि प्रकृया सहज र सिघ्र भएकोले कर्जा बीमा कार्यक्रम आगामि दिनहरूमा पनि निरन्तर दिने सहकारी संस्थाका ब्यबस्थापक बिष्णु पन्थिले बताउनुभएको उक्त कार्यक्रम संस्थाका सचिव डिल्लिराज घिमिरे संचालन गर्नुभएको थियो ।
आई.एम.ई द्धारा सैनामैनामा बीमा दाबि रकम रू १५ लाख ७० हजार रकम हस्तानतरण ।
© 2024 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech