कतारका अमिर विमानस्थलबाट सिधै राष्ट्रपति भवन शितल निवास

 

काठमाडौँ — नेपालका दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास प्रस्थान गरेका छन् ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिरलाई स्वागत गरे लगत्तै त्यहीबाट द्विपक्षीय शिष्टाचार भेटवार्ताका लागि शितल निवास गएका हुन् ।शितल निवासमा भेटवार्तापछि अमिर सोल्टी होटलमा जाने तालिका छ । उक्त होटलमा कतारका अमिरको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार रात्रिभोज आयोजना गर्दैछन् ।

 

धेरै पढिएको

ताजा समाचार