
चन्द्रौटा -कपिलवस्तुका लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ।
प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले केसीलाई बैशाख ६ गते प्रदेश सरकारको विना विभागीय मन्त्रीमा नियुक्त हुनु भएका केसिले उक्त जिम्मेवारी पाउनु भएको हो ।
नेकपा (एमाले) बाट कपिलवस्तु क्षेत्र नं ३ (१) को प्रदेश सांसदमा दुई पटक सम्म निर्वाचित केसिले अहिले पहिलो पटक मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको हो ।
बुधबार बसेको मन्त्रीपरिषदको बैठकले केसीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेको हो । केसी ले हिजैँ पदभार ग्रहण गर्नु भएको छ ।