शिवराजले निजी विद्यालयमा पनि न्यूनतम पारिश्रमिक लागू गर्न थाल्यो

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाले शिवराज नगरपालिका भित्र संचालित स्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक अनिवार्य गर्न सुचना जारी गरेको छ नगरपालिकाले एक सुचना जारी गर्दै बैशाख १६ गते भित्र शिक्षक तथा कर्मचारीको पारिश्रमिक विवरण नगरमा पेष गर्न आदेशसहितको सुचना जारी गरेको छ ।

निःशुल्क शिक्षा तथा शिक्षाको गुणस्तर सुधारमा लागेको यस नगरपालिकाले शैक्षिक शत्र सुरु भए यता सामुदायिक तथा संस्थागत विद्ययालयको निगरानी गर्दै सुचना जारी गरेको छ।

 शिवराज नगरपालिकाले का  नगर प्रमुख अजय थापाले हिजों मात्रै(बुधबार) दुई वटा छुट्टाछुट्टै सुचना जारी गर्दै   ५ दिन भित्र पार्टीको सदस्यता त्याग गरेको जानकारी गराउन  र संस्थागत विद्यालयहरूले विद्यार्थीहरू भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको एक महिना शुल्क लिनुपर्ने , भर्ना शुल्क बापत रकम लिएमा तत्काल फिर्ता गर्न समेत निर्देशन दिनु भएको थियो ।

धेरै पढिएको

ताजा समाचार