शिवराजमा पार्टी सदस्यताबाट धमाधम राजीनामा दिँदै शिक्षकहरु

कपिलवस्तु-

शिवराज नगरपालिकामा शिक्षकहरुले पार्टी सदस्यताबाट धमाधम राजीनामा दिएका छन ।पालिकाका नगर प्रमुख अजय थापाले शिक्षकलाई ५ दिन भित्र पार्टीको सदस्यता त्याग गर्न दिएको निर्देशनको अनुसार धमाधम शिक्षकले राजिनामा दिएका हुन ।

नगरपालिका भित्रका विद्यालयमा कार्यरत कुनै पनि शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता दिएको भए ५ दिन भित्र सम्बन्धित दल त्यागेको जानकारी पालिकामा गराउन नगर प्रमुख थापाले निर्देशन दिनुभएको थियो ।

नगर प्रमुखको ठाडो निर्देशन पछि नगरपालिकाका ५० जना धेरै शिक्षकले नगरपालिका समक्ष राजनैतिक दल   साथै संघ सस्थाको पदाधिकारी तथा सदस्य बाट समेत राजिनाम दिएको पत्र शिक्षकहरुले नगरपालिका समक्ष पेश गरेको प्रमुख थापाले बताउनु भयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रानुसार शिवराजमा कार्यान्वयन गराउन नगर प्रमुख थापा लागि पर्नुभएको हो ।

धेरै पढिएको

ताजा समाचार