
कपिलवस्तु , चन्द्रौटा-यहि बैशाख २६ र २७ गते हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुको १० औं जिल्ला अधिेशनको मिति नजिकिदै गर्दा युवा विद्यार्थी नेता अन्जित खनालले पार्टी जिल्ल सदस्यमा उम्मेदवारी दिने भएका छन ।
विद्यार्थी संगठनभित्र गतिशिल र जुझारु युवा विद्यार्थीको उपस्थिती बढाउन तथा युवा विद्यार्थीको आवाज उठाउँदै क्याम्पस कमटि हुँदै सहसचिव हुँदै अहिले लुम्वििनी प्रदेश कािटी कोषध्यक्ष्को नेत्रित्व सम्महालेका खनाले जिल्ल सदस्यमा उम्मेदवारी दिने भएका हुन ।
विगत लामो समय देखी एमालेमा सक्रिय भएका जिल्लको विद्यार्थी संगठन सम्महाल्दै केन्द्रमा समेत राम्रो पहँच बनाउँदै प्रदेशको नेत्रित्वमा रहेका खनालले आगामि दिनमा भएसँगै पार्टीमा थप क्रियाशील भएर लाग्ने बताएका छन । पार्टीमा उमेर समूहका आधारमा पहिलो पुस्ता, ४० वर्षमाथिका दोस्रो पुस्ता र भर्खरै युवा विद्यार्थी राजनीतिबाट अघि बढेका र तेस्रो पुस्तालाई मिलाएर सबै तहको नेतृत्व अघि बढाउँदै आएको छ ।
सोहि अनुसार यसपटक जिल्ला अधिवेशनहरुबाट पहिलो उमेर समुह ( ३० वर्षमुनिको विशेषगरी २३ देखि २६ वर्षे युवा समूह ) जिल्ला नेतृत्वमा पुराउने केन्द्रको निति अनसरुप खनाल अग्र स्थानमा देखिन्छन जिल्ला अधिवेशनमा खनालहित धेरै संख्यामा युवा विद्यार्थीको प्रतिनिधित्व हुने देखिएको छ। पार्टी राजनीतिमा पाइला राख्दै भूगोलमा संगठन बलियो बनाउने भनेर जिल्लातर्फ लाग्ने इच्छा ब्यक्त गरेको खनालले बताए ।
खनाल खनाल २०७० मा अनेरास्ववियस वाणगंगा क्याम्पस कमिटी सह-सचिव,२०७१ मा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी सदस्य हुँदै सचिवालय सदस्य, २०७४ मा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी कोषाध्यक्ष, २०७८ मा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी उपाध्यक्ष, २०७९ मा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष, २०८० मा अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी कोषाध्यक्ष, हुँदै नेत्रित्व सम्हालेका खनालले यहि २६ र २७ गते हुने जिल्लाअधिवेशनमा कुसल नेत्रित्व ,अध्यनशिल युवालाई राजनितिमा आर्कषित गर्न,पार्टिलाई नयाँ दिसा प्रदान गर्नलगायतका नारासहित उम्मेदवारी दिने बताए ।
स्कुले जीवनबाटै राजनीतिमा होमिएका खनालको जिल्लामा मात्रै होइन, प्रदेश सहित केन्द्रमा पनि राम्रो लोकप्रियता छ । २०७९ मा जिल्ला अध्यक्षको भुमिकामा रहेका खनाल आफनो जित भन्दा पनि जिल्लभर संगठनमो जित गराउँन जिल्ला दौडाहामा हिँडेर अधिकांस क्याम्पसमा अनेरास्ववियुको नेत्रित्व स्ववियुमा पुराउँदा उनको चर्चा जिल्ला भर भएको थियो ।