
कपिलवस्तु बैशाख २६ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएउनु भएको छ। नेकपा एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई सम्बोधन गदैं अध्यक्ष ओलीले यस्तो नेतृत्व इमान्दार भए कार्यकर्ता इमान्दार हुने बताउनु भयो।
अध्यक्ष ओलीले कपिलवस्तुको चन्द्रौटामा आयोजित दशौं अधिवेशनलाई सम्बोधन गदैं सम्पुर्ण कार्यकर्ता आजै देखि मिसन ८४ को लक्ष पुरा गर्न एक ढिक्का भएर अघी बढ्नुपर्ने बताउनुभयो । देश विकास राष्ट्रियताको रक्षाका लागि, एमालेलाई बलियो बनाउनुपर्दछ बताउनु भ्स्यो । तीनै तहमा बहुमत बनाउन नसके विकास असम्भव हुने अध्यक्ष ओलिले बताउनु भयो ।
एमाले अध्यक्ष ओलीले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोडदिने बताउँदै त्यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको समेत स्मरण गराउनुभयो ।
दुई दिन सम्म चल्ने अधिवेशनले आगामी तिनवर्षका लागी नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटिले जनाएको छ ।