
कपिलवस्तु –
नेकपा ९एमाले० कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा निवर्तमान अध्यक्ष डम्मर शर्मालाई पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित भएका खनालले २ सय ७८ मत प्राप्त गरे । शर्माले भने २ सय ५३ मत प्राप्त गरेका छन् । निकै प्रतिस्पर्धात्मक निर्वाचनमा खनालले अध्यक्षमा बाजी मारेका हुन् । यस्तै उपाध्यक्षमा शंकर पाण्डे विजयी हुँदा भेषराज पाण्डे पराजित भएका छन् ।
शंकरले उपाध्यक्षमा ३ सय १२ मत पाउँदा भेषराजले २ सय १ मत पाएका छन् । सचिवमा सिबी गहतराजले ३ सय ४ मत ल्याएर विजयी हुँदा विश्व कार्की २ सय १२ मत ल्याएर पराजित भएका छन् । यस्तै उप सचिवमा देवी प्रसाद पोख्रल विजयी भएका छन् । उनले अरु ५ जना प्रतिस्पर्धीलाई पराजित गरेका हुन्। यस्तै महिला उप सचिवमा शुशीला दर्लामी विजयी भएकी छिन । सदस्य पदको मत परीणाम आउने क्रममा रहेको जनाइएको छ ।
यस्तो छ मत परिणामः
अध्यक्षः डम्बर शर्मा (२५३)
अध्यक्ष बाबुराम खनाल (२७८) विजयी
उपाध्यक्षः भेषराज पाण्डे (२०१)
उपाध्यक्षः शंकर पाण्डे (३१२) विजयी
सचिवः सिवि गहराज (३०४) विजयी
सचिवः विश्व कार्की (२१२)