कपिलवस्तु –
कपिलवस्तुका हजयात्रीहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरमा हजयात्रीहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
हज समितिका सदस्य राशिद मिर्जाले आगुवाईमा जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, कपडा लगाउने र दान पुन्य गर्ने विषयमा प्रशिक्षण गरेका हुन । साउदी अरबमा हजका क्रममा पुग्ने नेपाली हजयात्रीलाई खाने बस्ने व्यवस्थापन गरिएको हज समितिका सदस्य राशिद मिर्जाले बताउनुभयो ।
हज समितिका सदस्य राशिद मिर्जा इस्लाम धर्ममा हज जिवनभरिमा एक पटक गर्नै पर्ने कार्य अन्तरगत पर्छ । हज जाँदा सो व्यक्तिले आफुँ माथि रहेको कर्जाको चुक्ता, गलतीको क्षमायाचना गरे हज पुरा हुने मुस्लिम आयोग नेपालका सदस्य तथा प्रवक्ता अर्सद मिर्जाले बताउनुभयो । मुस्लिम आयोगका सदस्य अर्सद मिर्जाले हज समितिले गरेको क्रियाकलापलाई आयोगले नियाल्दै आएकाले सबै हाजीहरुलाई सहज रुपले साउदी अरब लैजाने र ल्याउने काम गर्न अनुरोध गर्नुभयो ।
मुस्लिम आयोग नेपालका सदस्य अर्सद मिर्जा हज गरेपछि हाजी बच्चा झै पवित्र हुन्छ पछि उसले धार्मिक क्रियाकलापलाई ईमान्दारिता पुर्वक निर्वाह गर्नुपर्ने कुरानमा उल्लेख गरिएको छ । हाजीले गलत काममा लाग्नु हुदैन । गलत काममा लाग्ने हाजीको हज रद्द हुने विस्वास रहेको छ ।
शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाँउपालिकाका १६ जनालाई हज सम्वन्धि प्रशिक्षण दिइएको हो । अन्य पालिकाका हजयात्रीहरुलाई जिल्लाको तौलिहवामा कार्यक्रम आयोजना गरी प्रशिक्षण दिइने छ । यसवर्ष कपिलवस्तु जिल्लाबाट ८६ जनाले हज गर्न साउदी अरब जानुहुने भएको छ ।