
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान राज्यमन्त्री नियुक्त भएका छन् ।उनीहरूले सोमबार नै शपथ लिएका छन् ।